
मकवानपुरमा भारतीय यात्रुबाहक गाडी दुर्घटना, चार जना घाइते


मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छा स्थित दक्षिणकाली सडकखण्डमा यात्रुबाहक गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
काठमाडौंबाटबाट हेटौंडातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यु पी ७०एन टी ६९१७ को फोर्स गाडीको ब्रेक फेल भएपछि सडकको बायाँपट्टि ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनाका क्रममा गाडीमा १७ जना यात्रु सवार थिए। तीमध्ये चार जनालाई सामान्य चोट लागेको छ भने अन्य सबै सकुशल छन्।
घाइते हुनेमा भारत उत्तर प्रदेशका ५५ वर्षीय राजकरण तिवारी, ३८ वर्षीय जितेन्द्र प्रताप सिंह, ४४ वर्षीय अजय मिश्र र ३८ वर्षीय अभय प्रताप सिंह रहेका छन्। उनीहरूलाई टाउको, हात र खुट्टामा सामान्य चोट लागेको छ। घाइतेहरूलाई उपचारका लागि हेटौंडा पठाइएको छ।
दुर्घटनापछि प्रहरी चौकी सिस्नेरीबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र लाम्सालको नेतृत्वमा टोली घटनास्थल पुगेको छ। गाडी दुर्घटनाग्रस्त अवस्थामा रहे पनि बाटो भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया