प्रहरी महानिरीक्षक कुँवर आजदेखि अवकाशमा, को बन्ला नयाँ आईजीपी ?

कुँवरसहित ९ उच्च अधिकृत एकसाथ अवकाशमा जाँदै

आजदेखि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित ९ उच्च अधिकृतहरू एकसाथ अवकाशमा जाँदैछन्।

प्रहरी महानिरीक्षक कुँवरसँगै अतिरिक्त महानिरीक्षकहरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह र जनक भट्टराई पनि अवकाशमा जान लागेका हुन्।

त्यस्तै डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउतले पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएका छन्।

तर, सरकारले अहिलेसम्म आगामी महानिरीक्षकको टुंगो लगाएको छैन । एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ महानिरीक्षकको प्रतिस्पर्धामा छन्।

सरकारले आज  बस्ने मन्त्रिपरिषद्‌बाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने तयारी गरेको छ। करिब ८० हजार जनशक्ति रहेको सुरक्षा संगठनको नेतृत्व चयनको निर्णय समयमा नगर्दा गलत समूहले चलखेल गर्ने मौका पाइरहेको भन्दै आलोचना भएको छ।

प्रहरी महानिरीक्षक नियुक्तिमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमतालाई आधार मान्ने नियमावलीमा व्यवस्था छ। जस अनुसार एआईजी दीपक थापा महानिरीक्षक बन्ने बलियो आधार छ।

उनी गिरी र तामाङभन्दा एक महिना अघि बढुवा भएका अधिकृत हुन् ।

उनले आफ्नाे कार्यकालमा हालसम्म काठमाडाैं उपत्यका, जिल्ला, विभागकाे सफलता पूर्वक जिम्मेबारी पुरा गरेका छन् । हालसम्म कुनै विवादमा नआएका उनकाे बढुवाले देशकाे सुरक्षा र प्रहरी संगठनकाे विकासका लागि सरकारलाई नै सहयाेग हुने विश्वास गरिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *