बिआरआईबाट फाइदा लिन राष्ट्रिय सहमति आवश्यक : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) लाभकारी परियोजना भएको बताएका छन् ।

काष्ठमाण्डप डायलगको समापनमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले बिआरआई परियोजनाबाट नेपालले धेरै किसिमबाट फाइदा लिन सकिने बताए । उनले बिआरआई विश्वका १५० वटा देशले स्वीकार गरी फाइदा लिइरहेको बताए ।

उनले नेपालले बिआरआईमार्फत ऋण लिने कि अनुदान भन्ने विषयमा विवाद गर्न नहुने बताए । बिआरआईको धारणा बुझेपछि सस्तो ब्याजमा ऋण लिएर पनि काम गर्न सकिने उनको भनाइ छ । उनले देश विकासका लागि विदेश नीतिमा राष्ट्रिय सहमती गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘विदेश नीतिमा पनि राष्ट्रिय सहमतिको जरुरत पर्छ, तवमात्र देशलाई अगाडि बढाउनका लागि हामी राम्रो भुमिका खेल्न सक्छौँ । त्यस्तै बिआरआई नेपालले लिने कि नलिने यो ठुलो विवादको विषय बन्नुपर्ने विषय नै होइन । आजको विश्व परिपेक्षमा बिआरआई एउटा लाभकारी प्रोजेक्ट हो भन्ने प्रमाणि भइनै सकेको छ । हाम्रै निम्ति मात्रै होइन १५० बढी देशले त्यसलाई ग्रहण गरेर सिद्ध गरी सकेको अवस्था हो । त्यसकारण यो ठुलो डिबेटको विषय होइन । त्यसमाथि पनि ऋण लिने कि ग्राण्ड लिने भन्ने त प्रश्न नै होइन । हामीले बिआरआईलाई ठिक ढंगले बुझ्यौ भने ऋण कि अनुदान भन्ने प्रश्न नै छैन । हामीले बिआरआईको कन्सेप बुझेपछि विविध रुपमा सहयोग अगाडि बढाउँन सक्छौँ । त्यसमा ग्राण्ड वा एकदमै सफ्ट लोन पनि हुन सक्छ । त्यसमा विभिन्न किसिमका व्यवसायिक ऋण पनि हुनसक्छ । त्यस्ता अनेक रुपबाट बिआरआईमार्फत कामहरु गर्न सक्छौँ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले बिआरआई एक्काइसौँ शताब्दीको संसारको सबैभन्दा महत्वपूर्ण र ठूलो परियोजनाको रुपमा आएकाले नेपालले उपयोग गर्नुपर्ने बताए । उनले परियोजनबाट फाइदा उठाउनका लागि सबै राजनीतिक दलहरुले गहन छलफल गरेर सहमती निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *