ललितपुरको पुल्चोक र भैँसेपाटी क्षेत्रमा दुई महिनासम्म प्रदर्शन तथा जुलुस गर्न नपाइने भएको छ ।
चैत ४ गतेबाट लागु हुने गरी दुई महिनासम्म पाँच जनाभन्दा धेरै मानिस भेला भएर धर्ना र अनसन लगायतका विरोध कार्यक्रम गर्न निषेध गर्ने आदेश गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए ।
पुल्चोक स्थित युएन हाउस र पुरानो मन्त्री निवास क्षेत्र आसपासको क्षेत्र र भैँसेपाटी स्थित नयाँ मन्त्री निवासको आसपासको क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
स्थानीय प्रशासन ऐन–२०२८ को दफा ६ को उपदफा (३) क बमोजिम विगतदेखिकै निरन्तरताको रूपमा सो आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।
स्थानीय प्रशासनले सो क्षेत्रमा भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम नगर्न भनेको छ ।


प्रतिक्रिया