सहकारी बैंक र सहकारी संस्थाका पदाधिकारीको सम्पती रोक्का गरौँ : सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको सहकारीको खर्बाैं रकम सैन्य संगठन नाटो देशको हितमा गएको भन्ने सार्वजनिक भएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सहकारी संस्थाको रकम जिल्ला, प्रदेश र महासङ्घ हुँदै साम्राज्यवादीहरुको सैन्य संगठन नाटो देशको हितमा प्रयोग भएको जिकिर गरे ।

उनले सरकारले खारेज गर्न लागेको सत्र हजार सहकारी संस्थामा रकम जम्मा गरेको पीडितको वचत कसरी फिर्ता गर्ने भन्दै सरकारसँग प्रश्न गरे । सर्वसाधारणको वचत हिनामिना गर्ने सहकारी बैंक तथा सहकारी संस्थाका पदाधिकारीहरुको सम्पत्ति रोक्का गरी जनताको वचत फिर्ता गराउनु पर्ने उनको भनाइ छ ।

उनले भने,’सहकारीमा चार खर्ब लगानी, स्रोतको छैन निगरानी । नेपालका सहकारी संस्थाको खबौँ रुपैयाँ जिल्ला, प्रदेश र महासङ्घ बनाएर सहकारी बैंक हुँदै साम्राज्यवादीहरुको सैन्य संगठन नाटो देशहरुको हितमा गएको सार्वजनिक भयो । सत्र हजार संख्याको सहकारी संस्था खारेज हुने सार्वजनिक भयो । ति सहकारी संस्थामा बजच ठगीमा परेका पीडितहरुको बचत फिर्ता कसरी हुने हो ? सम्बन्धित जिल्ला, प्रदेश, महासङ्घ र सहकारी बैंकमा रहेका पदाधिकारीहरु र डुबेका सहकारी संस्थाका पदाधिकारीहरुलाई जनताको वचत फिर्ता गराउन तिनीहरुको सम्पती र लगानी रोक्का गर्नुपर्छ र पासपोर्ट जफत गर्नु जरुरी छ ।’

सांसद सुवालले राष्ट्रपति वा प्रधानमन्त्री बन्नुभन्दा देशको हित हेर्नु महत्वपूर्ण भएको बताए । सरकारले जनताबाट उठाएको करले मात्रै काम गर्न नसक्ने हुँदा देश र जनताको सेवा गर्न उद्योग, व्यवसाय गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

One thought on “सहकारी बैंक र सहकारी संस्थाका पदाधिकारीको सम्पती रोक्का गरौँ : सांसद सुवाल

  1. ओहो कती छिटो येस्तो महान बिचार आयेको वहाँ लाई!!
    येत्रो लफडा देशमा दुई तीन बर्श अगाडि देखि पिडित हरुबाट निरन्तर, अनसन, जुलुश,ज्ञापन पत्र ईत्यादी भैईसक्दा पनि अहिले सम्म त्यो सन्चालक र कर्मचारिहरुको सम्पती रोक्काको कार्य आज सम्म पनि नगरेको भये ती सम्बन्धित मन्त्रालय, बिभाग र कार्यालय का हाकिम हरुलाई समेत्त तेहि ठगीको संयुक्त कसुरमा कारबाही गर्न पर्ने भयेन र?
    ठगियेका सबैनै जनताहरु दैनिकी अभाब र पारिबारिक डिप्रेसन ले हरेक मिनेटमा मरिरहेछन। तर, सबै दलका नेताहरु आज सम्म पनि गोहिको जस्तो आँसु चुहायेर पानी माथिको वोभानो बन्ने प्रयाश गरीरहेको देखिनु कत्तिको न्यायोचित होला??
    तसर्थ सम्पुर्ण सहकारी पीडितहरुलाई अब आश्वासन र अर्ति हैन; उनिहरुले जम्मा गरेका एक एक पैसा ब्याज सहित फिर्ता चाहियो। नत्र अब यो देशमा डरलाग्दो आगो बल्ने निश्चित छ। जस्ले कुनै पनि नेता र कर्मचारी लाई सायद जन आक्रोश ले छोडने छैन होला। तसर्थ,सबैलाई यो कुरा राम्रै सङ्ग हेक्का रहोस!
    जय मात्रीभुमी!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *