काँग्रेस–एमालेले गणतन्त्र जोगाउलान् भन्ने विश्वास छैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने विश्वास गर्न नसक्ने बताएका छन् ।

शनिवार भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले एमाले र काँग्रेसप्रति लक्षित गर्दै उनले यथास्थितिवादीहरु अफ्ठ्यारो भएको खण्डमा प्रतिगमनकारीतिर मिल्नसक्ने जिकिर गरे ।

संविधान घोषणा गर्न हुन्न भन्ने र गणतन्त्र सम्भव छैन भन्ने नेताहरु संघीय लोकतान्त्रिक गणतन्त्रको सरकारको नेतृत्व गरेर संघीय गणतन्त्रको फल खाइरहेको भएपनि उनीहरुको लोकतन्त्रप्रति दृढ विश्वास नरहेको बताए ।

उनले प्रतिगमनका बिरुद्ध उनीहरु लड्नेतिर भन्दा लिपापोती गर्नेतिर अग्रसर रहेको आरोप लगाए । माओवादी कमजोर भएको मौका छोपेर प्रतिगमनकारीतिर मिल्नेसक्ने बताए ।

उनले जनयुद्ध लड्दै गर्दा प्रतिगमन आधा सच्चियो भनेर एमाले सरकारमा गएको होइन ? भन्दै प्रश्न गरे ।

उनले तत्कालीन ज्ञानेन्द्र शाहको शासनका एमालेले प्रधानमन्त्रीका लागि निवेदन दिएको र सोही समयमा बेलामा काँग्रेसबाट वर्तमान सभापति शेरबहादुर देउवालाई असक्षम भनेर कारबाही गरिसकेपछि पुनः प्रधानमन्त्री बनाउँदा काँग्रेसले महाराजधिराजले बुद्धि पु¥याइबक्सियो भन्नेकुरा गरेको जिकिर गरे ।

सोही कारणले काँग्रेस र एमालेको भर परेर संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा हुन्छ भन्ने विश्वास नरहेको जिकिर गरे ।

अध्यक्ष दाहालले भने– ‘यो यथास्थितिवादी भन्नेहरु अफ्ठ्यारो भयो भने प्रतिगमनकारीतिर गएर मिल्नसक्छन् । संविधान घोषणा गर्न हुन्न भन्ने गणतन्त्र सम्भव छैन भन्ने नेताहरु अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको सरकारको नेतृत्व गरेका त छन् । संघीय गणतन्त्रको फल त अहिले खाइरहेकै छन् । तर उनीहरुको यो प्रति दृढ विश्वास छैन । त्यसकारण अहिले पनि प्रतिगमनका बिरुद्ध उनीहरु लड्नेतिर भन्दा लिपापोती गर्नेतिर नै उनीहरुको छ । कुनैपनि बेला हामी कमजोर देखियौँ भने, माओवादी केन्द्र कमजोर देखियो भने, यो जागरुक भइरहेको छैन, संगठन बढ्दै गइरहेको छैन, जनप्रभाव बढ्दै गइरहेको छैन भन्ने भयो भने हिजो पनि मिलेकै त हुन् । हामी जनयुद्ध लड्दै गर्दा प्रतिगमन आधा सच्चियो भनेर एमाले सरकारमा गएको होइन ? अन्तिम अन्तिम बेला यही ज्ञानेन्द्रले भनेको सरकारमा गएको, ज्ञानेन्द्रलाई बिन्तीपत्र हालेर प्रधानमन्त्रीको लागि आवेदन, निवेदन दिएको त हामीलाई थाहा छ नि । काँग्रेस पनि पहिला शेरबहादुरजीलाई यो असक्षम प्रधानमन्त्री भनेर कारबाही गरियो, पछि फेरि प्रधानमन्त्री बनाउँदा महाराजधिराजले बुद्धि पु¥याइबक्सियो भन्ने काँग्रेसका नेता छँदैछन् । त्यसकारण हामी उनीहरुमाथि भर परेर संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा होला भनेर सोचियो भने त्यो भ्रम मात्रै भयो । हामी आफैँ कसियो भने जनताको साथ हामीलाई अझै पनि प्राप्त छ, हुन्छ । जनतको साथ भयो र संगठन बलियो भयो भने काँग्रेस र एमाले पनि गणतन्त्रवादी रही राख्छन् । तिनीहरु फर्किन सक्दैनन् र प्रतिगामी देख्नेहरु सपना देख्न छोड्छन् ।’

अध्यक्ष दाहालले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेको बताए । उनले आफूहरुको आलोचना अहिले चर्को रुपमा भइरहेको बताए ।

आफूबिरुद्ध पूर्वपञ्चहरुले झुटो प्रचार गरिरहेको बताए । माओवादीप्रतिको जनविश्वासले काँग्रेस र एमाले आत्तिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर