
पेट्रोलियम पदार्थको मुल्य घट्यो, अब लिटरको कति ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाउने निर्णय गरेको हो।
नयाँ मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५१ रुपैयाँ कायम भएको छ। नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया