
सरकारी जग्गा कब्जा गरेको आरोप प्रमाणित गर्न रास्वपा सांसदलाई नेता केसीको चुनौती

नेपाली काँग्रेसका नेता डा. केदारनरसिंह केसीले आफूविरुद्ध सरकारी जग्गा कब्जा गरेको भन्ने आरोप प्रमाणित गरेर देखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई चुनौती दिएका छन् ।
फागुन २८ गतेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठले तारकेश्वर नगरपालिका वडा नम्बर ९ (मनमैजु)को सरकारी जग्गा काँग्रेस नेताले कब्जा गरेको भनी आरोप लगाएका थिए । सोही विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र आधार र प्रमाण बिना रास्वपा सांसदहरूले वदनियतपूर्ण तरिकाले आञ्छना लगाएको बताए । सांसदको शून्य समयमा सांसदद्वयबाट अस्वाभाविक रुपमा आधार तथा प्रमाण नै बिना भ्रमपूर्ण प्रचार गरिएको बताए । संसदमा उठाएको विषयलाई प्रमाणित गरी कानुनतः दोषी प्रमाण गर्न उनको चुनौती छ ।
रास्वपा सांसदद्वयले आफ्नो चरित्र, साख, प्रतिष्ठामाथि गरेको प्रहारलाई कानूनी उपचारको बाटो लिने उनले बताए । उनकाअनुसार मालपोत कार्यालय मनमैजुले गत साउन १६ गते लेखेको पत्रमा २०८१ साउन १४ गते पत्र प्राप्त भएको र सोको सम्बन्धमा काठमाडौं जिल्ला साबिक मनमैजु वडा नम्बर ९ सिट नम्बर १०२०९४४२३ कित्ता नम्बर ६२ को क्षेत्रफल २१.६२ वर्गमिटर जग्गा जग्गाधनी केदार नरसिंह केसीका नाममा र कित्ता नम्बर ६३ को क्षेत्रफल २६३.६१ नेपाल सरकारका नममा कार्यालयको मोठ श्रेस्तामा जनिएको ब्यहोरा उल्लेख छ ।
उनले मालपोत कार्यालयले तारकेश्वर नगरपालिकालाई उक्त ब्यहोराको पत्र लेखि पठाएपछि स्थानीय वडा कार्यालयले मोठ भिडाउने लगायतका काम गरिसकेको बताए । कित्ता नम्बर ६३ प्रस्तावित बाटो भनेर पहिले नै पास भइसकेको बताए । सोही अनुरूप सीमाङ्कन गर्न भनेर एक वर्षअघि नै आफूले निवेदन दिएको र हाल सीमाङ्कनको काम पनि सकिसकेको जानकारी दिए ।
लगाइएको पर्खालको सन्दर्भमा ढिस्कोको रुपमा रहेको जग्गाबाट माटो, बालुवा झरेर बाटो समेत छेकिने अवस्था रहेकाले उक्त कार्य रोक्नका लागि स्थानीय र जनप्रतिनिधिको आग्रह र रोहवरमा नै २०५५/०५६ सालतिरै पर्खाल लगाइएको बताए । उनले आफूले कानून विपरीत कुनै काम नगरेको दाबी गर्दै सडकका लागि छुट्याइएको कित्ता नम्बर ६३ को सरकारी जग्गा सरकारकै नाममा रहेको र कित्ता नम्बर ६२ आफ्नो नाममै रहेको बताए ।
प्रतिक्रिया