लागूऔषध ट्रामाडोलसहित एक युवक पक्राउ

लागूऔषध ट्रामाडोलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- १० नारायणपुर, सुर्योदय टोल निवासी २२ वर्षीय सन्तोष डाँगी रहेका छन् ।

प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल ४३४ ट्याब्लेट, नगद ४८ हजार १ सय ५० रुपैयाँ र चार थान मोबाइलसहित पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान डाँगीको घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेका डाँगीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर