ग्वार्को ‘ओभरपास’ मा लापरबाही

ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माणाधीन ‘ओभरपास’ को सातदोबाटोतर्फको पर्खाल भत्काइएको छ । सम्बन्धित निकायको आवश्यक सुपरिवेक्षण अभाव र ठेकेदार कम्पनीको लापरबाहीका कारण पर्खाल भत्काउनुपरेको हो ।

निर्माणमा त्रुटि हुँदा ग्वार्को चोकबाट सातदोबाटोतको दायाँतर्फ तेत्तिस मिटर र बायाँतर्फ चालिस मिटर पर्खाल भत्काइएको हो । गुणस्तरबारे चासो नदिएको सडक विभागको आँखा पर्खालमा चिरा परेपछि मात्र परेको देखिन्छ ।

सातदोबाटोतर्फ चालिस मिटरसम्म आयोजनाको दुवैतर्फको ‘आरी–वाल’ निकालिएको छ भने त्यहाँ पुरिएको माटो हटाइएको छ । निर्माणको अन्तिम चरणमा पुगेको सो ‘ओभरपास’ को पर्खाल लगाउने काम गत माघमा सम्पन्न भएको थियो ।

पुनः ‘आरी–वाल’ लगाएर माटो पुर्दा यसअघि नै ढिलो हुँदै आएको सो आयोजना थप ढिलो हुने भएको छ । आयोजनाको भौतिक र वित्तीय प्रगति क्रमशः ८२ प्रतिशत र ४८ प्रतिशत पुगेको थियो । गरिसकेको काम बिगार्दा अहिले उक्त आयोजनाको भौतिक प्रगति ‘माइनस’ मा गएको छ । त्यहाँ पर्खाल बनाउन प्यानल प्रयोग गरिएको छ । यस्ता प्यानलले एकले अर्कालाई ‘लक’ गरेर जोड्ने गर्छ । आयोजनाको म्याद गत पुस ८ गते नै सकिएको हो । ठेकेदार कम्पनीलाई जरिबाना तिराएर अहिले काम गराइँदै छ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमातहत सो ‘फ्लाइओभर’ निर्माण भइरहेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *