
‘मुलुकमा राजश्व र पुँजीगत खर्च घट्दै गएका कारण सुशासन प्रवर्द्धन विधेयक ल्याएका हौँ’


सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मुलुकमा सुशासन अभावका कारण राजश्व र पुँजीगत खर्च समेत घट्दै गएको कारण सुशासन प्रवर्द्धन विधेयक ल्याएको बताएका छन् ।
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
उनले शासन प्रणालीसँग जोडिएका अधुरा र अपूरा कानुनहरूलाई पूर्णता दिनको लागि विधेयक अपरिहार्य ठानेर ल्याइएको दाबी गरे । उनले मुलुकमा सुशासन कायम गर्नको लागि वाधक रहेका कानुनहरूमा सुधार गरि सार्वजनिक सेवा प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक ठानेर सरकारले विधेयक ल्याएको बताए ।
उनले भने ‘शासन प्रणालीसँग जोडिएका कानुन कार्यान्वयनसँग जोडिएका द्धिअर्थी र अधुरो तथा अपुरो कानुनहरू छन् । सुशासन कार्यान्वयन गर्ने तहहरूमा समेत त्यसले वाधा पुर्याइरहेको अवस्था छ । समस्या यस्तो आइदियो कि हामीले राजश्व बढाउनै सकेनौँ । हाम्रो पुँजीगत खर्च किन घट्दै गइरहेको छ । सुशासन कायम नभएर होइन रु राजश्व किन घटिरहेको छ सुशासन कायम गर्न नसकेर होइन रु त्यसकारण यस्ता ऐन कानुनहरूलाई संशोधन गरेर शासन प्रणालीलाई कसरी प्रभावकारी बनाउने, कसरी जनमुखी बनाउने, कसरी सेवा र न्याय दिने भन्ने कुरा निक्कै खड्किएर यो अध्यादेश ल्याएको हो ।’
उनले प्रभावकारी सेवा र न्याय दिनको लागि नै सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न लागेको बताए ।
प्रतिक्रिया