
नेपालमा धर्मपनिरपेक्षताको जननी माओवादी हो : प्रचण्ड


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा धर्मपनिरपेक्षताको जननी माओवादी भएको बताएका छन् ।
बुधवार बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले समावेशिता, समानुपातिकता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सबैको जन्मदाता माओवादी भएको बताएका हुन् ।
दाहालले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासबाट परास्त भएका प्रतिगामी शक्तिहरुले वर्तमान गठबन्धन सरकारको जनबिरोधी क्रियाकलापबाट असन्तुष्ट भएका जनतालाई भ्रम दिएको आरोप लगाए ।
अध्यक्ष दाहालले पूर्वराजा शाहको गतिविधिलाई हुंकार दिनकै लागि तराई मधेस जागरण अभियान स्थगित गरेर काठमाडौं आएको बताए ।
अध्यक्ष दाहालले प्रतिगामी चलखेललाई सफल हुन नदिने पनि बताए ।
प्रतिक्रिया