
कुनै पनि मन्त्री उपस्थित नभएपछि संसद वैठक स्थगित


सरकारका कुनै पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधबार बिहान ११ बजेका लागि तय भएको बैठक साढे ११ बजे शुरू भएको थियो ।
तर, सरकारका मन्त्री उपस्थित नभए बैठक नचल्ने भन्दै विपक्षी दलले विरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । बैठकको शुरूमै सभामुखसँग समय लिएर माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले सरकारका मन्त्री उपस्थित नभई बैठक चल्न नसक्ने बताए ।
‘सरकारले सदनलाई हेपिरहेको छ । हाम्रो अभ्यास सरकारले मानिरहेको छैन । संसद् बैठकमा सरकारको प्रतिनिधि कोही पनि छैनन् । नियमावलीको व्यवस्थाअनुसार सरकार चल्दैन,’ पाण्डेले भने । प्रतिनिधि सभा नियमावलीको नियम ६ को उपनियम ५ मा संसद बैठक चल्दा सरकारको प्रतिनिधि उपस्थित हुने व्यवस्था छ। तर, मन्त्रीहरू नआएपछि संसद् बैठक स्थगित गर्नुपर्ने अवस्था आएको हो । बुधवारको प्रतिनिधि सभा बैठकमा सरकारले अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेश गर्ने कार्यसूची छ ।
प्रतिक्रिया