
पर्यटनमन्त्रीले फ्रान्सेली नागरिकलाई दिए नेपाल भ्रमणको निम्तो


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणका निम्तो दिएका छन् ।
फ्रान्सको पेरिसस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले पेरिसमा आयोजना गरेको ‘नेपाल इभिनिङ’ कार्यक्रममा मन्त्री पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणको निम्तो दिएको उनको सचिवालयले जनाएको छ ।
‘‘नेपाल भ्रमण गर्न सबै फ्रान्सेली नागरिकलाई हार्दिक निमन्त्रणा गर्दछौँ’, मन्त्री पाण्डेले भने, ‘नेपाललाई आफ्नो यात्रासूचीमा समावेश गर्न अनुरोध गर्दछौँ।’
मन्त्री पाण्डेले नेपाल प्राकृतिक सौन्दर्य, साँस्कृतिक सम्पदा, साहसिक खेलकुद तथा आध्यात्मको अनुपम संगम रहेको उल्लेख गर्दै नेपाल भ्रमण गर्ने पर्यटकका लागि अविस्मरणीय अनुभव हुने विश्वास व्यक्त गरे । उनले नेपाल सरकारद्वारा पर्यटन प्रवर्धनका लागि अवलम्बन गरिएका नीति तथा कार्यक्रमको जानकारी गराउँदै नेपाल सुरक्षित र आकर्षक गन्तव्य रहेको स्मरण गराए ।
फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले नेपाल-फ्रान्स सम्बन्धको ऐतिहासिक भएको बताउँदै नेपाल भ्रमण गर्ने फ्रान्सेली नागरिकहरूको अनुभव सधैँ सकारात्मक रहने विश्वास व्यक्त गरे।
प्रतिक्रिया