राजावादीहरुको प्रदर्शनबारे देउवाले भने- कुनै अद्भुत प्रदर्शन भएको छैन

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाविधेशन निर्धारित समयमै हुने बताएका छन् ।

सोमवार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसको महाधिवेशन समयमै हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा हुन्छ भन्ने प्रतिक्रिया दिए ।

उनले भने, ‘कहाँ अद्भुत भएको छ, केही भएकै छैन । समसामयिक अवस्था ठिक छ । दुई वटा ठूला पार्टी सरकारमा छन् । राम्रोसँग चलेको छ । सरकारमा कुनै समस्या छैन, ०८४ सम्मै जान्छ । हामी भोट पाएको मान्छे हो, हामी जनता होइन । नेपाली काँग्रेसको महाधिवेशन समयमै हुन्छ ।’

काठमाडौंमा आईतवार राजावादीहरुको प्रदर्शन अद्भुत भयो नि ? भन्ने प्रश्नमा सभापति देउवाले कुनै अद्भुत प्रदर्शन नभएको प्रतिक्रिया दिए । उनले केही नभएको भन्दै आत्तिनुपर्ने कारण नरहेको बताए ।

पूर्वराजा शाहलाई भारतले उचालेको हो भन्ने प्रश्नमा उनले कसैले उचाल्ने कुरा नभएको र उचालेको थहा नरहेको बताए । उनले भने, ‘कहाँ अद्भुत भएको छ, केही भएकै छैन । कसैले उचाल्ने कुरा पनि छैन, उचालेको थाहा पनि छैन ।’

सभापति देउवाले दुई ठूला राजनीतिक दलहरुको सरकार अहिले रहेको र यो ०८४ सम्मै चल्ने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *