
पूर्वराजालक्षित माधव नेपालको टिप्पणी- इतिहासको रथ पछाडि फर्किन सक्दैन


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधिहरु अस्वीकार्य रहेको बताएका छन् ।
सोमवार सिंहदरबारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपालले यस्तो बताएका ह्न् । अध्यक्ष नेपालले राजतन्त्र फर्काउने भनेर गरिएका गतिविधि अस्वीकार्य रहेको र इतिहासको रथ अब पछाडि फर्किन नसक्ने उल्लेख गरे ।
आईतवार पोखराको एक हप्ताको बसाईपछि काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरुको उल्लेख्य उपस्थिति थियो । पूर्वराजा शाहको अभिनन्दनमा जम्मा भएको भीडपछि सोही विषयमा छलफल गर्न माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका राजनीतिक दलहरुको पदाधिकारी र सचिवालय बैठक समेत बसेका छन् ।
साथै राजतन्त्रवादी समूहहरुलाई प्रतिगामी शक्तिको संज्ञा दिँदै यस्तो कार्य स्वीकार्य नहुने र गणतन्त्रवादीहरु एकजुट हुनुपर्ने आह्वान समेत गरिसकेका छन् । सोही विषयलाई लिएर सिंहदरबारमा पनि दुई नेताहरुबीच छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले जनतालाई प्रगति र परिवर्तन चाहिएको त्यो राजाबाट सम्भव नरहेको बताए।
अध्यक्ष नेपालले जनताको हित र कल्याणको शासन आवश्यक भएको भन्दैे नेताहरुले गल्ती गरेको भए सँच्चिन जरुरी रहेको बताए ।
प्रतिक्रिया