
भूकम्प नेपालको विकास निर्माणका लागि समस्या बनेको छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प नेपालको विकास निर्माणका लागि समस्याको रुपमा रहेको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले हिमालय पर्वत श्रृंखलामा बेला—बेलामा गइरहने भूकम्प देशको विकास निर्माणका लागि समस्याको रुपमा रहेको बताए ।
उनले केही प्राकृतिक प्रकोपहरूको पूर्वानुमान गर्ने पद्धतिको विकास भइसकेको भएपनि भूकम्प सम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्र आज पर्यन्त पत्ता लगाउन नसकिएको उल्लेख गरे ।
उनले विकसित मुलुकहरूमा भएको अनुसन्धान, औद्योगीकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपाल जस्तो विकासशील देशमा झनै बढी असर पारेको बताए ।
उनले यसले गर्दा पृथ्वीको तापक्रममा वृद्धि भइरहेको बताए । उनले विगत तीन दशकको अवधिमा हिमालमा रहेका हिउँ नदीहरूको हिउँ एक तिहाई घटिसकेको उल्लेख गर्दै हिमतालहरू विष्फोटनको संघारमा रहेको बताए ।
उनले अतिवृष्टिबाट हुने जल प्रकोप, पहिरो र भूक्षयबाट वर्षेनी थुप्रै जनधनको क्षति भइरहेको बताए ।
राष्ट्रपति पौडेलले भने, ‘विकसित मुलुकहरूमा भएको अनुसन्धान, औद्योगीकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपाल जस्तो विकासशील देशमा झनै बढी असर पारेको सर्वविदितै छ । यसले गर्दा पृथ्वीको तापक्रममा वृद्धि भइरहेको छ । र विगत तीन दशकको अवधिमा हिमालमा रहेका हिउँ नदीहरूको हिउँ एक तिहाई घटिसकेको छ । हिमतालहरू विष्फोटनको संघारमा छन् । यसैगरी अतिवृष्टिबाट हुने जल प्रकोप, पहिरो र भूक्षयबाट वर्षेनी थुप्रै जनधनको क्षति भइरहेको छ । जलवायु परिवर्तनको कारक नभएपनि मार खेप्नुपर्ने नेपाल जस्ता मुलुकहरूका लागि जलवायु न्यायको विषय पनि यो सम्मेलनमा प्रखर रुपमा उठोस् भन्ने म चाहन्छु । यहाँ उपस्थित वैज्ञानिकहरूले जलवायु न्यायको मुद्दालाई विश्व जगतमा पुर्याउनुहुनेछ भन्ने अपेक्षा गरेको छु । हिमालय पर्वत श्रृंखलामा बेला बेलामा गइरहने भूकम्प पनि हाम्रो देशको विकास निर्माणका लागि समस्याको रुपमा रहेको छ । केही प्राकृतिक प्रकोपहरूको पूर्वानुमान गर्ने पद्धतिको विकास भइसकेको भएपनि भूकम्प सम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्र आज पर्यन्त पत्ता लगाउन सकिएको छैन ।’
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको कारक नभएपनि मार खेप्नुपर्ने नेपाल जस्ता मुलुकहरूका लागि जलवायु न्यायको विषय महत्वपूर्ण रहेको बताए । जलवायु न्यायको मुद्दालाई विश्व जगतमा पुर्याउन जरुरी रहेको बताए ।
प्रतिक्रिया