काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । उनी आइतबार पोखराबाट काठमाडौंमा आइपुगेका हुन् ।

गत माघ २७ गते पोखरा आएका पूर्वराजा शाह समिट एयरको चार्टर विमानमार्फत दिउँसो साढे तीन बजे पोखराबाट उडेका थिए । पोखरा विमानस्थलमा पूर्वराजाको पञ्चेबाजा बजाएर बिदाई गरिएको थियो ।

पूर्वराजा शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी पक्षधर पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लगायतले स्वागत गरेका छन् ।

पूर्वराजालाई स्वागत गर्न हजारौंको संख्यामा राजावादी त्रिभुवन विमानस्थलमा उपस्थित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *