
राजतन्त्र फर्काउँछौँ भन्नेलाई विष्णु रिमालको जवाफ- आठ हजार ६८२ दिनअघि नै खरानी भइसक्यो


नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले जनताको मुख थुनेर अढाइ सय वर्षसम्म रामराज्यको रट लगाउनेहरूले नै राजतन्त्र खरानी पारिसकेको प्रतिक्रिया दिएका छन्।
राजतन्त्र फर्काउनुपर्छ भन्दै राजावादीले अभियान तीव्र पार्दै गर्दा रिमालले आइतबार बिहान साामाजिक सञ्जालमा लेखेर रिमालले उनीहरूकै कारण २०७५ जेठ १५ गते राजतन्त्र खरानी भएको बताएका छन्।
‘अढ़ाई सय वर्षसम्मको चकचकी र लुट खसोट बिर्सिए पनि ०४६ चैतसम्म “हाम्रा मुख थुन्ने, ‘यहॉबाट त्यहाँ’ जान नदिने जस्ता “राम-राज्य”का संचालक यिनीहरू नै थिए हैन र ?’ उनले लेखेका छन्, ‘अझ त्यसलाई “पुरानो” कुरा मान्ने हो भने पनि आजभन्दा मात्र ८,६८२ दिन अगाडि त्यसबखतका राजा सहित सिङ्गो वंशलाई “उनीहरूद्वारा-उनीहरूका लागि- उनीहरूले नै” खरानी बनाएका हैनन् र?’
२०६१ सालमा सुनौला दिन आयो भन्दै २०६३ सालसम्म रजाइँ गरेको नभुल्न पनि उनले आग्रह गरेका छन्। “रक्त शुद्धता र वंश-परंपरा” नश्लिय पाखण्डको पर्दाफाश गरौं!’ उनले लेखेका छन्, ‘अंग्रेज़ीमा एउटा भनाई छ नि- फर्गिभ- वट नट फर्गेट!’
प्रतिक्रिया