बागलुङ केन्द्रबिन्दु भएर भूकम्प

बागलुङ केन्द्रबिन्दु भएर अर्को भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान ६ बजेर २० मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु स्थानीय खुखानी भन्ने स्थान रहेको केन्द्रको भनाइ छ ।

केन्द्रका अनुसार शनिबार बिहान ३ बजेर १४ मिनेटमा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर पनि ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यसअघि गत फागुन १३ गते पश्चिम म्याग्दीको डाँडागाउँ आसपास केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युडको देवीस्थान आसपास केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युडको र मुना केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्म गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *