सुरु भयो होली, हनुमानढोकामा तीनतले चीर ठड्याइयो

काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ ।

वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व सुरु भएको मान्ने गरिन्छ ।आज बिहान ८ः३३ बजेको शुभ साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका हुन् । आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रुपमा चीर ठड्याइएको बताए । उनले चीर ठड्याइसकेपछि विधिवत् रुपमा होली पर्व सुरु भएको मानिने बताए । होली पर्व असत्यमाथि सत्यको जित भएको रुपमा पनि मान्ने गरिएको उनको भनाई छ ।उनले भने, ‘होली असत्यमाथि सत्यको जितको प्रतीकको रुपमा मनाउने गरिन्छ । त्यस्तै भगवान् श्रीकृष्णको कथासँग पनि जोडिएको छ। बाँसै किन चाहियो भन्ने कुरा पनि छ । भगवान् विष्णुलाई सबैभन्दा मन पर्ने बाँस नै हो । चीरको महत्त्व परापूर्वकालदेखि नै छ । असत्यमाथि सत्यको जितको रुपमा मनाउने गरिन्छ । यो ठड्याइसकेपछि विधिवत् रुपमा होली सुरु हुन्छ । यो चीर मानन्धर समुदायले ठड्याउँदै आउनुभएको परम्परा हो ।’

यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ र १ गते परेको छ । २९ गते हिमाली तथा पहाडी जिल्लामा र १ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर