
सशस्त्रका एसएसपी कुँवर, ढकाल र भट्ट डीआईजीमा बढुवा


गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपालका तीनजना वरिष्ठ उपरीक्षकहरूलाई नायब महानिरीक्षकमा बढुवा गरेको छ ।
मन्त्रालयले फागुन २० को गृहमन्त्रीस्तरीय निर्णयानुसार एसएसपी कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टलाई डीआईजीमा बढुवा गरेको हो ।
बढुवा भएका ढकालको मानव स्रोत, कुँवरको प्रवन्ध र भट्टको कमाण्ड तथा स्टाफ कलेजमा पदस्थापनसहित नियुक्त गरिएको बलले जनाएको छ ।
प्रतिक्रिया