मकवानपुरमा चोरीको प्रतिकार गर्दा झडप, छोराको मृत्यु, बाबु आमा पक्राउ

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३, अदुवाबारीमा घरभित्र चोरी गर्न आएको आफ्नै छोराको प्रतिकार गर्दा बाबु-आमाले पक्राउ परेका छन्। उक्त घटनामा झडप हुँदा छोरा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार फागुन १५ गते राति करिब ८:०० बजे ३९ वर्षीय भरथ कुमार भ्लोन चोरीको उद्देश्यले आफ्नै बाबु-आमाको घरमा पसेका थिए। उनले खुर्सानीको धुलो छरेर चोरीको प्रयास गर्दा ६३ वर्षीय मिन बहादुर भ्लोन र उनकी श्रीमती ६४ वर्षीया देवीमाया भ्लोनले घरेलु भान्साका सामान प्रयोग गरी प्रतिकार गरेका थिए।

प्रतिरोधको क्रममा झडप हुँदा भरथ कुमार भ्लोन गम्भीर घाइते भएका थिए। उनलाई तत्काल अस्पताल पुर्याइए पनि १६ गते दिउँसो १:४५ बजे उनको निधन भएको थियो। झडपमा बाबु-आमा पनि घाइते भएका थिए, जसको उपचार भक्तपुरस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा गरिएको थियो।

हाल प्रहरीले अनुसन्धानको लागि मिन बहादुर भ्लोन र देवीमाया भ्लोनलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ५ दिनको म्याद लिएर हिरासतमा राखेको छ। घटनाको थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर