
अर्थमन्त्रीको प्रश्न- संसद्मा छलफल हुनु निरंकुश भए लोकतन्त्र खोज्न कहाँ जाने ?


उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश गरिएका विधेयकहरूको प्रक्रियामा कुनै त्रुटी नभएको बताएका छन्।
बुधबार प्रतिनिधि सभामा पेश गरिएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८१’ माथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका छन्।
अर्थमन्त्री पौडेलले सदनमा पेश गरिने विधेयकमाथि विरोध र समर्थन दुवै हुने बताउँदै संसदले छलफल गरेर उचित निर्णय गर्ने बताए।
उनले भने, ‘हामी राम्रो संवैधानिक अभ्यासमा छौं। अध्यादेश सदनमा आउँछ, छलफल हुन्छ, समर्थन र विरोध हुन्छ। सभाले विवेक प्रयोग गरेर उचित ढंगले निर्णय गर्छ। त्यही प्रक्रियामा हामी छौं।’
उनले संसदमा पेश गरिएका विधेयकहरू स्वेच्छाचारी वा निरंकुश नभएर सरकारले आवश्यक महसुस गरेर ल्याएको जिकिर गरे।
उनले भने, ‘संसदमा प्रस्ताव पेश गर्नु, छलफल गर्नु, संसदले नै निर्णय गर्नु निरंकुश हुन्छ भने लोकतन्त्रको परिभाषा खोज्न कहाँ जाने ?’ भन्दै प्रतिप्रश्न गरे।
प्रतिक्रिया