
वरिष्ठ पत्रकार दिलभुषण पाठकलाई यसवर्षको यदु स्मृति पत्रकारिता पुरस्कार

वरिष्ठ पत्रकार दिलभुषण पाठकलाई यसवर्षको यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएकाे छ ।
यदु स्मृति प्रतिष्ठानद्धारा बुधवार काठमाडाैंमा आयोजित २६ औं यदु स्मृति दिवस तथा २३ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार दिलभुषण पाठकलाई पुरस्कृत गरेका हुन् ।
तत्कालीन माओवादीले २०५५ फागुन २१ गते नेकपा (एमाले) को तत्कालीन रुकुमका सचिव यदुप्रसाद गौतमकाे निर्ममतापूर्वक हत्या गरेकाे थियाे । उनकाे सम्झनामा स्थापित प्रतिष्ठानले हरेक वर्ष पत्रकारिता पुरस्कार प्रदान गर्दै आएकाे छ ।
हालसम्म यदु स्मृति पत्रकारिता पुरस्कारबाट २३ जना पत्रकार पुरस्कृत भएका छन् ।
यसअघि सो पुरस्कारबाट सूर्य थापा, ज्ञानेन्द्र खड्का, दुर्गा थापा, गुणराज लुइटेल, काशीराम डाँगी, रुद्र खड्का, रामेश्वर बोहरा, नेत्र केसी, तुलाराम पाण्डे, गंगा बिसी, इन्दिरा अर्याल, रमेश गौतम, बालकुमार नेपाल, दुर्गालाल केसी, भद्र शर्मा, नारायणकुमार शाह, हरिनारायण गौतम, मनिषा केसी, वीरबहादुर गिरी, महेश केसी, लक्की चौधरी, टीका विष्ट पुरस्कृत भएका छन्।
प्रतिक्रिया