सुनको मूल्य तोलामा ९ सयले बढ्यो

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ९०० रुपैयाँले बढेर एक लाख ७० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *