ब्राउन सुगर र गाँजासहित सशस्त्र प्रहरीद्वारा ६ जना पक्राउ

सशस्त्र प्रहरीले करीव ३४ ग्राम ब्राउन सुगरसहित काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित पेट्रोल पम्प नजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार नियन्त्रणमा लिइएकाहरुमा धादिङ जिल्लाको गल्छी गाउँपालिका–८ बस्ने २२ बर्षीय, सोही जिल्लाको निलकण्ठ गाउँपालिका–११ बस्ने २७ बर्षीय, नुवाकोट जिल्लाको लिखु गाउँपालिका–३ बस्ने २७ बर्षीय र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ३७ बर्षीय गरी ४ पुरुष रहेका छन् ।

एपीएफ इन्टेलीजेन्स व्यूरोको विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले उनीहरुले ब्राउन सुगर बेचविखन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । साथै उनीहरुले प्रयोग गरेको प्रदेश ०२५ प ८४५९ मोटरसाइकल र बा १५ च १७७३ नम्बरको होण्डाको क्रेटा गाडीसमेत नियन्त्रणमा लिएको छ ।त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फागुन २० गते सशस्त्र प्रहरीले २२ केजी गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

थाई एयरवेजको उडान नं. टीजी ३१९ बाट नेपाल आएका ४० बर्षीय पुरुष र ३७ बर्षीय महिलाले लगेजभित्र चक्लेटको प्याकेट बनाई लिएर आएको २२ के.जी. गाँजासहित उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशले पुन जाँच गर्ने क्रममा गाँजासहित नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिइएकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित नियकायमा बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर