
सिंहदरबारसहित भन्सारमा रहेका पुराना सवारीसाधनहरु यकिन गरी नष्ट गरौँ : सांसद कार्की


पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सिंहदरबारसहित भन्सारमा रहेका पुराना सवारीसाधनहरु यकिन गरी सफाई अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।
मंगलवारको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले अहिले सुन्दर, सफा बनाउने हरेक अभियान चल्ने गरेको भन्दै सिंहदरबार र भन्सारमा वर्षौंदेखि थन्किएका पुराना सवारीसाधनहरु नष्ट गर्नसक्ने र नसक्ने यकिन गरी सफाई शुरु गर्नुपर्ने बताए। उनले हरेक भन्सार कार्यालयहरुमा नष्ट गर्नुपर्ने धेरै सवारीसाधन लगायतका सामग्रीहरु रहेको भन्दै सफाई गर्नका लागि विधेयकमा आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘अहिले सुन्दर, सफा बनाउने हरेक अभियान चल्छन् तर सिंहदरबारमा यति धेरै हाम्रा पुराना गाडीहरु छन् । वर्षौंदेखिका गाडीहरु छन् । अब म पनि अर्थमन्त्री भइसकेको छु । यो हटाउनलाई केले रोकेको छ रु हरेक भन्सार कार्यालयहरुमा धेरै नष्ट गर्ने कुराहरु छन् । त्यो हुन सकेको छैन । यसलाई अन्त्य गर्न के गर्दा उपयुक्त हुन्छ । त्यो गरौँ । भन्सारमा नष्ट गर्न सकिने र नसकिने सामानहरुको यकिन गरेर कसरी यसलाई सफाई गर्नसक्छौँ त्यस दिशामा पनि छलफल गरौँ।’
प्रतिक्रिया