प्राध्यापक खरेलको पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर विनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लोकार्पण

लेखक तथा प्राध्यापक पी. खरेलको नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लोकार्पण गरिएको छ।

सोमबार काठमाडौँमा एक समारोहका बीच त्रिभूुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) खड्ग केसीले पुस्तकको लोकार्पण गरेक हुन्।

लोकार्पण कार्यक्रममा बोल्दै लेखक तथा प्रध्यापक खरेलले पुस्तकमा विश्व पत्रकारिताको विषयमा विश्लेषण गरिएको बताए।

पुस्तकमा ८० प्रतिशत सामाग्रीहरु विश्व दृष्टिकोणबाट लेखेको उनको भनाइ छ। उनले नेपालको पत्रकारिता क्षेत्रमा मात्र नभई विश्वव्यापी रुपमै राजनीतिकरण र खण्डीकरणको प्रवेश भएको बताए।

उनले नेपालका अधिकांश पत्रकारहरु राजनीतिक दलको भ्रातृ संगठनको सदस्य रहेको कारण समस्या भएको उल्लेख गर्दै उनले यसलाई शुद्धीकरण गर्नुपर्नेमा आफ्नो जोड रहेको बताए।

पछिल्लो समय नेपालको मात्र नभई अमेरिका र युरोपको समेत पत्रकारिताको स्तर खस्किँदै गएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *