
१५ वर्षभन्दा पुराना सवारी साधनलाई दिल्ली सरकारले इन्धन नदिने


भारतको दिल्ली राज्यको नयाँ सरकारले १५ वर्षभन्दा पुराना सवारी साधनहरूलाई अप्रिल १ देखि इन्धन नदिने बताएको छ ।
दिल्लीका वातावरणमन्त्री मन्जिन्दर सिंह सिरसाले त्यस्ता सवारी साधनहरू पहिचान गर्न र दिल्लीमा उनीहरूको प्रवेशमा प्रतिवन्ध लगाउन चाँडै नै अधिकारीहरूको टोली गठन गरिने बताए ।
होटल, व्यावसायिक परिसर र कार्यालयहरू सहित बहुतले भवनहरूमा वायु प्रदुषण नियन्त्रण गर्न एन्टी–स्मग गनहरू जडान गर्नुपर्ने बताए । दिल्लीमा वायु प्रदुषण बढ्दो समस्याका रुपमा रहेको छ । नोभेम्बर २०२४ मा दिल्लीले ७९५ को वायु गुणस्तर सूचकांक दर्ता गरेको छ ।
- परराष्ट्रमन्त्रीद्वारा ट्रम्पका सुरक्षा निर्देशकसँग भेटवार्ता, विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह
- राजनीतिक अस्थिरता जनताको लागि अपाच्य : महासचिव चन्द
- ज्ञानेन्द्रलाई भिलेनको संज्ञा दिँदै प्रचण्डले भने- राजनीतिक दललाई धोका नदिएको भए राजतन्त्र टिक्न सक्थ्यो
- ७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
प्रतिक्रिया