
कामसूत्र : रस, रति र रहस्य


पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिनको अन्तिम सेसनमा गाफिए– कवि, समालोचक र नाटककारका शिव सङ्कल्प र लेखक, सम्पादक तथा छन्दवाचक भूषिता वशिष्ठ ।
कामसूत्रः रस, रति र रहस्य विषेयक सेसनमा सङकल्प र वशिष्ठले करिब एक घन्टा संवाद गरे । उक्त संवादमा शिव सङ्कल्पले प्रस्तुत गरेको सम्पादित अंशःहाम्रो परम्परा, दर्शनमा जीवनका ४ उद्देश्य बताइएका छन् । धर्म, अर्थ, काम र मोक्क्ष । मोक्क्षको विचार सबैका लागि सहज हुँदैन र मोक्क्षको अवधारणा बुझ्नै धेरैलाई समस्या हुन्छ र त्यो लौकिकभन्दा पनि पारालौकिक प्रसंग हुन्छ । लोकको प्रसंग धर्म, अर्थ र काममा हुन्छ ।
मुलत काम सूत्र प्रसंगमा कुरा गर्दाखेरि चाहिँ धर्मको अलिकति कुरा गर्नुप¥यो । धर्मभन्दा बितिकै अहिले अलि संकुचित लिन थालियो । धर्मको अलिकति व्यापक अर्थ लिन असाध्यै आवश्यक छ । धर्म भनेको स्वाभाविक गुण हिउँको चिसो हुनु धर्म हो । आगोको पोल्नु धर्म हो भनेजस्तो मावनको धर्म के हो त ? मानवको धर्म अहिंसा, सत्गुण, चोरी नगर्नु, इन्द्रिय आफ्नो बसमा राख्नु, दान, क्षमशिलता, धैर्यशिलता, यी नै धर्मका लक्ष्यण हुन् भनेर बताइयो । बुद्धको पञ्चशिलले पनि यहिँ बताएको छ ।
अथवा सबैको धर्म हुन्छ । हाम्रो घर परिवारमा पनि बाबुआमाको धर्म, छोराछोरीको धर्म, देशको शासक, प्रशासक, अधिवक्ता आआफ्नो धर्म हुन्छ । यही सभामा पनि हाम्रो धर्म छ । त्यो धर्मले अनुप्राणित गरेको अर्थ र कामको चर्चा हुँदैछ । कामसुत्रले प्रतिपादन गरेको भनेको धर्मले प्रतिपादन गरेको ५ वटै इन्द्रियाद्वारा ग्रहण गर्न सक्ने । आनन्दको स्वरुप नै काम हो । यो चाहिँ चतुर वर्गको महत्वपूर्ण अंग हो । अथवा त्रिवर्गको पनि महत्वपूर्ण अंग हो । यति नै आयु भनेर कामशुत्रमा तोकिएको छैन । जब काम जागृत हुन्छ । त्यो नै आयु हो भन्ने जस्तो मैले बुझ्छुु ।
प्रतिक्रिया