भ्वाइस अफ नेपालको’ब्याटल’बाट बाहिरीइन् लोकप्रिय गायिका सम्झना योङहाङ

‘सुगुरको मासुमा पल्केर’ र ‘आभास हुन देउ’ मलाई जस्ता चर्चित गीतकी गायिका सम्झना योङहाङ लिम्बू हिलालय टेलिभिजनकाे चर्चित सांगितिक कार्यक्रम ‘भ्वाइस अफ नेपाल’को ब्याटल राउण्डबाट बाहिरीएकी छन् । भ्वाइस अफ नेपालको शनिवार सम्पन्न ब्याटल राउण्डमा उनको ताल मिल्न सकेन कि अन्य कारण जज टोलीले उनलाई बाहिरको बाटो देखाइयो ।

उनले ब्याटलमा अर्का गायक प्रमेश राईसँग ‘बाबरी रंगमा रंगिएर’ बाेलकाे अस्मिता अधिकारीकाे  गीत गायकी थिइन् ।

आफ्नी लोकप्रिय गायिका बाहिरीएपछि यतिबेला सामाजिक सञ्जालमा भ्वाइस अफ नेपालको आयोजक र जज टोलीलाई पुर्नविचारगर्न दबाब दिन थालिएको छ । स्टुडियो र आउटडोर प्रस्तुतीमा लोकप्रिय र मनपराइएकी गायिका सम्झनालाई अब पब्लिक डिमाण्डबाट फेरि मौका दिन समेत दर्शकहरुले सामाजिक सञ्जाल मार्फत अनुरोध गरेका छन् ।

हेर्नुहाेस ब्याटल राउण्ड १४-

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर