
६६ करोड ३० लाख भक्तजनले गरे महाकुम्भ स्नान


भारतको उत्तर प्रदेशस्थित प्रयागराज (तत्कालिन इलाहबाद) मा ६६ करोड ३० लाख भक्तजनहरु पुगेका छन् ।
६६ करोड ३० लाख सनातान धर्मावलम्बीहरुको उपस्थितीमा महान पर्व महाकुम्भ मेला औपचारिक रूपमा सम्पन्न भएको हो ।
महाकुम्भका अधिकारीहरूकाअनुसार पवित्र स्नानमा ठूलो भीडले लिएका छन् । अन्तिम दिन गत बुधवार मात्र १ करोड ५३ लाख मानिसहरूले स्नान गरेका छन् ।
४५ दिन लामो आध्यात्मिक महाकार्यक्रममा अहिलेसम्म ६६ करोड ३० लाखभन्दा बढी भक्तजनहरूले पवित्र स्नान गरेका छन् ।
उत्तर प्रदेशको राजधानी लखनऊबाट लगभग १९६ किलोमिटर दक्षिणमा रहेको प्रयागराजमा यो महोत्सव आयोजना भएको थियो ।
महाकुम्भ महोत्सव प्रत्येक १२ वर्षमा आयोजना हुने एक महा धार्मिक सभा हो ।
प्रतिक्रिया