काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको सतुङ्गलगायतका क्षेत्रमा बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले सूचना प्रकाशित गर्दै शनिबार बलम्बु फिडरअन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धिलगायतका कामका लागि बिजुली कटौती हुने जनाएको हो ।

शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म ती स्थानमा बिजुली काटिने प्राधिकरणले जनाएको छ । तोकिएको काम समयअगावै पूरा भएमा निर्धारित अवधि अघि नै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।

यस्तै, मूलपानी सव-स्टेशन निर्माण आयोजनाले पनि शनिबार बेलुकीसम्म नै बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क, जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रलगायतका क्षेत्रमा बिजुली प्रवाह रोकिने जनाएको छ । निर्माणाधीन सव-स्टेशनमा प्राविधिक कामका लागि ती वितरण केन्द्रमा बिजुली आप्रवाह शनिबार साँझसम्म रोकिने प्राधिकरणले सूचित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *