
नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन


नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ ।
८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। स्वास्थ्यमा केही समस्या देखिएपछि उनी केही दिनदेखि त्यहाँ उपचाररत थिइन् ।
प्रतिक्रिया