राष्ट्रपतिद्वारा पशुपतिनाथको पूजा आराधना

राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको दर्शन एवं पूजा-आराधना गरेका छन् । बुधवार महाशिवरात्रीको अवसरमा राष्ट्रपति पौडेलले पशुपतिनाथमा पुगेर दर्शन गरेका हुन् ।

पशुपतिनाथको पूजाआराधनाका साथै उनले प्रसाद ग्रहण समेत गरे । शिवभक्तहरुले शिवरात्रिका दिन व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएरपूजा गर्ने गर्दछन् ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्वकालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमारहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइनेयस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदयगराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

आज देशभरकाशिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव,कुशेश्वर महादेव लगायतका शिवालयमा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर