सेनाका सहायकरथी जिसी उपरथीमा बढुवा, अधिकारीको पदावधि ६ महिना थप

नेपाली सेनाका सहायकरथी कृष्ण जिसी उपरथीमा बढुवा भएका छन् ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले जिसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

जिसीलाई मध्यपूर्वी पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषदको बैठकले सेनाका अर्का उपरथी प्रेमध्वज अधिकारीको पदावधि थप गरेको छ ।

उपरथी अधिकारीलाई सरकारले रथीमा यसअघि नै स्थानीय बढुवा गरिसकेको छ । उनले संयुक्त राष्ट्रसंघको सैनिक सल्लाहकारमा आवेदन दिएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको सिफारिसमा अधिकारीको पदावधि ६ महिनाका लागि थप भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *