कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दुई बुँदे स्पष्टीकरण सोधेको छ।

कुलमानलाई हटाउने कसरतस्वरुप मन्त्रालयबाट सोधिएको यो तेस्रो स्पष्टीकरण हो।

मन्त्रालयका सचिव सुरेश आचार्यले गत १२ फेब्रुअरीमा भारत जाँदा मन्त्रालयको स्वीकृति नमागेको विषयलाई पहिलो बुँदामा उठाएका छन्। त्यसैगरी सोही बुँदामा ‘नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को अनुसूची १ को विषयसंख्या २० र २३ अनुसार नेपाल सरकार, मन्त्रिपरिषद् पेस गर्नुपर्ने विषयमा तपाईंले अर्थ मन्त्रालयको सहमति नलिइ आर्थिक दायित्व बढ्ने गरी द्विपक्षीय वार्ताको माध्यमबाट तयार भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने अख्तियारी कसरी प्राप्त गरेको’ भनी जवाफ मागिएको छ।

दोस्रो बुँदामा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा ऊर्जामन्त्री दीपक खड्का नियुक्त भएको मितिबाट हालसम्म गरेका आन्तरिक भ्रमण काज, विदा वा अन्तर्राष्ट्रिय भ्रमणबारे प्रश्न उठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर