
नेकपा एसले भन्यो- भ्रष्टाचारीहरू सरकारबाट संरक्षित छन्

नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचारीहरु सरकारबाट संरक्षित भएको आरोप लगाएको छ ।
शनिवार सम्पन्न केन्द्रिय कमिटीको बैठकले भ्रष्टाचारीहरु सरकारबाट संरक्षित भएको निस्कर्ष निकालेको हो । बैठकका निर्णय सुनाउँदै पार्टीका महासचिव घनश्याम भुषालले मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाए ।
उहाँले सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीले गर्दा गरिव जनताको जीवन कष्टकर हुँदै गएको र लाखौँ जनताले सहकारी राखेको वचत डुबेको बताए ।
त्यस्ता भ्रष्ट तथा ठगहरुलाई नियन्त्रणमा लिइ अविलम्व कडा भन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्ने निर्णय केन्द्रिय कमिटीले गरेको बताए ।
मुलुकमा रोजगारीको अवसर नुहँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको भन्दै यसले राष्ट्रिय उत्पादन र अर्थतन्त्रको विकासमा नकारात्मक प्रभाव पारेको बताए ।
समग्र अर्थतन्त्रको पुनःगठन नगर्दासमम टालटुले नीति तथा कार्यक्रमबाट यो समस्याको समाधान हुन नसक्ने निस्कर्ष पार्टीको रहेको बताए ।
उनले भने– ‘मुलुकमा भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचारीहरु सरकारबाट संरक्षित भएका छन् । सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीले गर्दा गरिव जनताको जीवन कष्टकर हुँदै गएको छ । लाखौँ जनताले सहकारी राखेको वचत डुबेको छ । त्यस्ता भ्रष्ट तथा ठगहरुलाई नियन्त्रणमा लिए अविलम्व कडा भन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्दछौँ । मुलुकमा रोजगारीको अवसर नुहँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको छ । यसले राष्ट्रिय उत्पादन र अर्थतन्त्रको विकासमा नकारात्मक प्रभाव पारेको छ । समग्र अर्थतन्त्रको पुनःगठन नगर्दासमम टालटुले नीति तथा कार्यक्रमबाट यो समस्याको समाधान हुन सक्दैन । राष्ट्रिय अर्थतन्त्रलाई दिगो, रोजगारमुखी बनाउने दिशामा कदम लिन सरकारसँग माग गर्दछ ।’
पार्टीले राष्ट्रिय अर्थतन्त्रलाई दिगो, रोजगारमुखी बनाउने दिशामा कदम लिन सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया