चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्यानमारबीचको खेल बराबरीमा सकिएको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल बराबरीमा सकिएको हो । दुवै टोली फाइनलमा पुगिसकेका छन् ।
दोस्रो हाफमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल २-२ को बराबरी सकिएको हो ।
दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफमा छैठौँ मिनेटमा घरेलु दर्शकलाई स्तब्ध पार्दै म्यानमाले पहिलो गोल गरेको थियो । उक्त गोल म्यानमाका लागि फ्रि–किकमा म्याट नोइ खिनले गरेकी थिइन् । लगत्तै खेललको ११ औँ मिनेटमा नेपालका लागि सविता रानामगरले गोल गरिन् ।
यसैगरी खेलको १७औँ मिनेटमा म्यानमाले नेपालविरुद्ध दोस्रो गोल गर्यो । म्यानमाका लागि उक्त गोल मे टेट लुले गरेकी थिइन् । पहिलो हाफको अन्तिममा नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरिन् ।
उनले खेलको ४१औँ मिनेटमा प्रीति राईको उत्कृष्ट पासमा गोल गरेकी थिइन् । योसँगै पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको हो ।
प्रतिक्रिया