७ जना बंगलादेशी नागरिक पक्राउ

नेपालमा शङ्कास्पद गतिविधिमा संलग्न ७ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई राजधानीको ठमेल र सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरेको हो ।

उनीहरु नेपाल प्रवेश गरी गैह्रकानूनी रुपमा बसोबास गर्नुको साथै शङ्कास्पद गतिविधिहरुमा संलग्न रहेको भन्ने सूचनाको आधारमा पक्राउ गरी अध्यागमनमा बुझाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।

पक्राउ परेकाहरुमा बंगलादेशी नागरिकहरूमा मोहम्मद अतिकुल इस्लाम, मोहम्मद अलाम मोला,  मोहम्मद जहांगिर आलम, मोहम्मद अमिनुल हक, मोहम्मद मन्दादुल हक, मोहम्मद नारिरुद्धिन र मोहम्मद मोसरफ हुसेन रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर