प्रधानमन्त्री ओली ७४ वर्षमा प्रवेश

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली ७३ वर्ष पुगेका छन्।  बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा प्रधानमन्त्री ओली जन्म भएको थियो।

२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए।  ओली तत्कालीन नेकपा मालेको संस्थापक मध्येका एक हुन्। उनी २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई ४३ मतले हराउँदै एमालेको अध्यक्ष बनेका हुन्।

त्यसपछि २०७५ साल जेठ ३ गते तत्कालिन एमाले र माओवादी पार्टीको एकीकरणपछि प्रथम अध्यक्ष बनेका ओली अहिले पार्टी फुटसँगै नेकपा ओली समूहको अध्यक्षको रुपमा कार्यभार सम्हाल्दै आएका छन्।

आफ्नो ६९ औं जन्मदिन जन्मथलो तेह्रथुममा मनाएका ओलीले त्यहाँ नेपालको नक्सा अंकित केक काट्दा निकै आलोचना भएको थियो।  नेपालमा जनता हक अधिकारको स्थापना, समानता र लोकतन्त्रका लागि १४ वर्ष जेल जीवन बिताएका थिए।

उनी पछिल्लो पटक  २०७८ मंसीर १० गते चितवनमा भएको दशौं महाधिवेशनबाट ओली दोस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित भएका थिए।

बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा ओली प्रतिनिधिसभाको सदस्यमा ओली झापा–६ बाट निर्वाचित भएका थिए। त्यसको तीन वर्षपछि भएको मध्यावधि निर्वाचनमा पनि झापा ५ र २ बाट प्रतिनिधिसभा सदस्य चुनिए।

२०५६ मा झापा ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ओली २०७० मंसिरमा झापा– ७ बाट संविधानसभा सदस्यमा निर्वाचित भए।  चार पटक प्रधानमन्त्री भइसकेका ओली २०७२ असोज २४ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए।

उनी २०७४ सालको आम निर्वाचनपछि नेकपा माओवादी केन्द्र समेतको समर्थनमा ओली २०७४ फागुन ३ गते मुलुकको ४१ औं प्रधानमन्त्रीमा दोस्रो पटक नियुक्त  भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर