पाथीभरा केबलकार विवाद : फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप

ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपका कारण फुङलिङ बजार क्षेत्र तनावग्रस्त बनेको छ ।

शनिबार साँझ बजार क्षेत्रमा मसल जुलुससहित प्रदर्शकारीहरु निस्कीएपछि झडप भएको ताप्लेजुङकी सहायक जिल्ला अधिकारी सन्दिपा खड्काले बताइन् । उनका अनुसार झडपमा ५ जना सुरक्षाकर्मी घाइते भएका छन् । प्रदर्शनकारीतर्फको क्षतिको विवरण संकलन हुन बाँकी छ ।

‘नो केवलकार’ समुहले राँके जुलुस निकालेपछि प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्दा झडप भएकाे स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर