‘नेपाल तोकिएको समयअघि नै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छ’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताएका छन् ।

फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो दाबी गरेका हुन् ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने, ‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको ‘एक्सन प्लान’ स्वीकृत भएको छ । ‘एक्सन प्लान’ अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं ।’

नेपाल वित्तीय अपराधको अनुसन्धान र नियन्त्रण, सम्पत्ति शुद्धीकरण, सहकारी समस्या र कानून कार्यान्वयनमा कार्यन्वयन इकाईको उदासीनताका कारण सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा परेको छ ।

विश्वभर हुने सम्पत्ति शुद्धीकरण, आतंकवाद फन्डिङ, लागूऔषध ओसारपसारजस्ता विषयमा सूक्ष्म निगरानी राख्ने फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ‘ग्रे लिस्ट’मा राखेको हो ।

दुई वर्षअघि एफएटीएफको एसिया प्यासिफिक ग्रूप (एपीजी) को पारस्परिक मूल्यांकन प्रतिवेदन (एमईआर) ले दिएका सुझाव कार्यान्वयन नगरेको कारण देखाउँदै नेपाललाई ग्रे लिस्टमा राखिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।

ती अधिकारीका अनुसार हालै फ्रान्सको राजधानी पेरिसमा सम्पन्न एफएटीएफ बैठकले नेपाललाई आगामी दुई वर्षका लागि निगरानी सूचीमा राख्ने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री कार्यालयका कानून महाशाखाका सचिव उपस्थित थिए । उनी सोमवार नेपाल फर्किएपछि थप विवरण सार्वजनिक गर्ने प्रधानमन्त्री कार्यालयकाे तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *