
पार्टीले सहिद, बेपत्ता र घाइते परिवारको उचित मूल्याङ्कन गर्नेछ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद, बेपत्ता र घाइतेका परिवारको पार्टीले उचित मूल्याङ्कन गर्ने बताएका छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित सहिदपार्कमा आज आयोजित भेटघाट कार्यक्रममा उनले सहिदकै योगदानका कारण मुलुक यो अवस्थामा आइपुगेकाले उक्त योगदान भुल्न नहुने बताए ।
बेपत्ता तथा अपाङ्गता भएका व्यक्तिलाई पार्टीकै पहलमा राष्ट्रिय सम्मान दिइएको बताउँदै अध्यक्ष दाहालले थप प्रोत्साहन र योगदानको कदर आवश्यक रहेको बताए ।
उनले पछिल्लो समय पार्टीले यस्ता परिवारसँग भेटघाट गर्ने अभियानलाई तीव्रता दिइरहेको भन्दै यस कार्यलाई जिल्ला तथा प्रदेशलगायत सबै क्षेत्रमा सञ्चालन गर्न आग्रह गरे ।
अध्यक्ष प्रचण्डले सहिदपार्कलाई व्यवस्थित बनाउन सरकारका तर्फबाट आवश्यक बजेट विनियोजन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया