केआईआईटीले प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने

कलेजमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजले छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ ।

केआइआइटीकि संस्थापक अच्युता सामन्ताले मृतक लम्सालका बुबा र काकासँग भेट गरेपछि यस्तो घोषणा भएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

‘लम्सालको सम्मानमा उनको स्मृतिमा एक छात्रवृत्ति स्थापना गरिनेछ ।’ केआइआइटी संस्थापक अच्युता सामन्ताले परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा तथा खानेपानी मन्त्री प्रदीप यादवसँग नेपाली विद्यार्थीहरूको सुरक्षित फिर्तिको बारेमा कुराकानी गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर