दिल्लीकाे नयाँ मुख्यमन्त्रीमा भाजपा नेतृ रेखा गुप्ता

भारतकाे राजधानी दिल्लीकाे नयाँ मुख्यमन्त्रीका लागि भारतीय जनता पार्टी (भाजपा) ले नेतृ रेखा गुप्तालाई चयन गरेकाे छ।

भाजपाकाे बैठकले केही बेर अघि गुप्ताकाे नाम टुङगाएकाे हाे।

दिल्लीकाे शालिमारवाग क्षेत्रबाट विधान सभा सांसद रहेकी गुप्ता विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन्।

गुप्ताले १९९२ मा दौलत राम कलेज, दिल्ली विश्वविद्यालयमा अखिल भारतीय विद्यार्थी परिषद मार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरेकी हुन् ।

नयाँदिल्लीको सत्तामा भाजपा २७ वर्षपछि पुनरागमन गरेको हो ।

नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह विहीबार मध्याह्न रामलिला मैदानमा हुने बताइएको छ ।

गुप्तासहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी थिए ।

गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन् । उनी यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी थिइन् । उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाको उपाध्यक्ष पनि हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर