अध्यादेशबारे प्रतिपक्षि दलहरुले बेकारको बखेडा झिके : सांसद घिमिरे

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरुले अध्यादेशको बारेमा अनावश्यक बखेडा झिकेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद घिमिरेले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै अध्यादेश ल्याइएको बताएका हुन् ।

उनले आर्थिक उदारीकरण र आर्थिक उत्पादनको क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नको लागि अध्यादेश ल्याइएको बताए ।

उनले अध्यादेश ल्याइएकोबारे प्रतिपक्षी दलहश्रले प्रश्न गर्ने गरेको उल्लेख गर्दै बिग्रियो अध्यादेशले के बिग्रियो भन्दै प्रतिप्रश्न गरे । ‘अध्यादेश ल्याउँदा बिग्रियो चाहीँ के ? अनि यहाँ सत्तापक्ष र प्रतिपक्ष हुनुपर्ने जरुरत चाँही किन पर्यो ? कि त अध्यादेश ल्याउने व्यवस्था नै हामीले संविधानबाट हटाउँ । त्यो पनि सहमतिबाटै गरौं । संविधान संशोधनको विषय उठि नै रहेको छ’ उनले भने ।

उनले यदि विरोध नै गर्ने भए संविधानबाटै अध्यादेश ल्याउने कुरा हटाउनुपर्ने बताए । उनले संविधान संशोधनको कुरा उठिरहेको उल्लेख गर्दै अध्यादेश ल्याउने व्यवस्था खारेज गर्न प्रश्ताव राखे ।

‘अध्यादेश ल्याउने कुरा संविधानबाट हटाउँ । त्यो पनि हुनसक्छ । होइन भने अध्यादेश किन ल्याउने भन्ने कुरा मत संविधानमै स्पष्ट उल्लेख गरेको छ,’ उनले भने, ‘संसद छलेर अध्यादेश ल्याइयो भनियो । कँही संसद छलेर कानून बन्छ ? संसदमै आउने होइन । यस्ता विषयमा बेकारको बखेडा झिक्नुपर्ने अवश्यकता छ जस्तो मलाई लाग्दैन ।’

प्रतिपक्षी दलहरुले संसद छलेर अध्यादेश ल्याएको आरोप लगाउने गरेको उल्लेख गर्दै उनले संसद छलेर कानून नबन्ने स्पष्ट पारे । अध्यादेशमा सुधार गर्नुपर्ने कुरामा आवश्यक संशोधन हाल्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *