‘जतिसक्दो चाँडो मनाङमा एउटा एम्बुलेन्स पठाइदिनुपर्यो’

जनस्वास्थ्य आपतकालको पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभलाई अझ सुदृढ बनाउने ध्येयले आयोजित ‘आपतकालीन कार्यसञ्चालन केन्द्रहरूको सञ्जालको स्वास्थ्य आपतकालीन तथा विपद जोखिम तयारी तथा प्रतिकार्यसम्बन्धी समीक्षा कार्यक्रम’ पोखरामा सम्पन्न भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रद्वारा आयोजित सो कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, रेडक्रसका प्रतिनिधि, सुरक्षा निकायको स्वास्थ्य विभाग, स्वास्थ्य केन्द्रका प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको शुभारम्भ गर्दै स्वास्थ्य मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख सहसचिव डा. प्रकाश बुढाथोकीले जनस्वास्थ्य आपतकालको पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा मनाङमा वार्षिक रूपमा ३० हजार विदेशी र दुई लाखको सङ्ख्यामा स्वदेशी पर्यटक पुग्ने गरे पनि जिल्लामा एउटा पनि एम्बुलेन्स नभएको भन्दै विपदमा परेका स्थानीय र पर्यटकको उद्धार कसरी गर्ने ? भनेर मनाङका प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यको प्रश्न गरे ।

‘मनाङका निजी जिप भाडामा लिएर विपदमा परेकाको उद्धार गरी स्वास्थ्य केन्द्रमा पुर्‍याउनुपर्ने र कतिपय ठाउँमा त हेलिकोप्टर नै मगाउनुपर्ने बाध्यता छ’, प्रजिअ आचार्यले भने, ‘स्वास्थ्य मन्त्रालयले जतिसक्दो चाँडो मनाङमा एउटा एम्बुलेन्स पठाइदिनुपर्‍यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर