अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजबाट, नेपाल किर्गिजस्तानसँग भिड्दै

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगित आज (सोमबार) बाट काठमाडौंमा सुरू हुँदैछ । एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आजबाट फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।

आज हुने दुई वटा खेलमध्ये पहिलो खेलमा म्यान्मार र लेबनानले प्रतिस्पर्धा गर्नेछन् भने जुन खेल अपरान्ह १ः३० बजेवाट सुरू हुनेछ । आजै हुने दोस्रो खेलमा नेपालले किर्गिजस्तानसँग भिडनेछ, जुन खेल साँझ ५ः३० बजेवाट सुरू हुनेछ।

फिफा वरीयतामा किर्गिजस्तान नेपालभन्दा तल छ । हाल किर्गिजस्तानको फिफा वरीयता १२८औं स्थान छ ।किर्गिजस्तानसँग नेपालले अहिलेसम्म १ खेल खेलेको छ । सन् २०१९ किर्गिजस्तानमै भएको नादेज्दा कपमा नेपालले ८–२ को फराकिलो जित दर्ता गरेको थियो ।

खेल अघि हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बादेले भने यो खेलको उपाधिको खडेरी तोड्नका यो प्रतियोगिता राम्रो अवसर भएको बताएकी थिइन । ‘तयारी राम्रो भएको छ । टोलीको तालमेल मिलिरहेको छ । कम गल्ती गर्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं । कोचको योजनाअनुसार प्रदर्शन गर्न सके उपाधि जित्न गाह्रो पनि छैन्,’ उनले भनिन् । साथै, नेपालले फागुन ८ मा लेबनान र फागुन ११ मा भने म्यानमारसँग प्रतिस्पर्धामा उत्रनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर